सेयर बजारमा चमक, १३ वटै उपसूचकमा हरियाली, कहिलेसम्म रहला कायम ? « Arthapath.com
७ असार २०८२, शनिबार

सेयर बजारमा चमक, १३ वटै उपसूचकमा हरियाली, कहिलेसम्म रहला कायम ?



काठमाडौं । साताको सुरुवात मै सेयर बजारमा चमक देखिएको छ । निरन्तर दुई दिन राताम्य देखिएको बजार यो साताको भने सुधार संकेत गरेको हो ।

सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अहिले राष्ट्र बैंकले मौद्रिक नीति पनि अर्का साता भित्र ल्याउने तयारी गरी रहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर घटाउन भनेर राष्ट्र बैंकलाई दबाब दिइरहेका छन् । उनले सार्वजनिक कार्यक्रमहरुमा समेत ब्याजदर घट्ने आश्वासन दिदैं आएका छन् । यस कारण पनि साताको सुरुवात मै बजारमा सुधार आएको देखिन्छ ।

असार मसान्तको प्रभावले केहि दिन यता सेयर बजार निरन्तर प्रभावित बनेको थियो । मौद्रिक नीति सेयर बजारको मुख्य आधार लगानीकर्ताले मान्ने गरेका छन् । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत कायम गरिएको प्रावधानमा राष्ट्र बैंकले खुकुलो बनायो भने बजारले लय समात्ने जानकारहरुको प्रतिक्रिया रहदै आएको छ ।

धेरै पूँजी भएका ४३ वटा सेयर दलालहरु थपिने कुरा नेपालको सेयर बजारमा ऐतिहासिक नै हो र यसबाट बजार बिकास, लगानीकर्ताले पाउने प्रतिस्पर्धी सेवा सुविधामा नयाँ आयाम थपिन छ । बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशत झरेको छ । सो कारणले पनि बजार लयमा जान ठुलो सहयोग भएको छ ।

नेप्से २८.३८ अकंले बढेको छ । बजारमा सुधार आउँदा परिसूचक समेत २०७७.७६ बिन्दुमा पुगेको हो ।

आज ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएपनि कारोबार भने ३ अर्ब ४ करोड २५ लाख रुपैयाँ पुगेको हो ।

आइतबार १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहो ०.६८ प्रतिशत, विकास बैंक समूहको १.५९ प्रतिशत, फाइनान्स समूहको २.१० प्रतिशत, होटल तथा पर्यटन समूहको २.१५ प्रतिशतले सेयर मूल्य सुधार आएको छ ।

आज हिमालयन लाइफको १८ करोड ६० लाख र शिवम सिमेन्टको १६ करोड ३६ लाख रुपैयाँको कारोबार भएकोछ ।


प्रतिक्रिया दिनुहोस्