बजारमा सामान्य करेक्सन, २१ सय बिन्दु पुगेको परिसूचक २ हजार मै आएर बन्द

काठमाडौं । साताको सुरुवात मै सेयर बजारमा चमक देखिएको बजारमा आज सामान्य करेक्सन भएको छ । मौद्रिक नीतिको नजिक तिर आइपुग्दा बजारमा करेक्सन देखिएको हो ।
सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । यता, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । सम्भवत: साउन पहिलो साताभित्र नै मौद्रिक नीतिले ल्याउने तयारी गरी रहेको छ । एक लगानीकर्ताले भने, -‘बैंक तथा वित्तीय संस्थाको ब्याजदरले नै सेयर बजारमा मुख्उ असर पर्छ । अर्थमन्त्री पनि ब्याजदर घटाउन राष्ट्र बैंकलाई दबाब दिइएको पाइन्छ । ब्याजदर घटेपछि बजार सुधार तर्फ जान्छ ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सार्वजनिक कार्यक्रमहरु नै ब्याजदर घट्ने आश्वासन दिँदै आएका छन् । यता, मौद्रिक नीतिमा पनि लगानीकताको माग सम्वोधन हुने अपेक्षा छ । लगानीकर्ता पनि विशेषत: मौद्रिक नीतिको पर्खाईको रहेको पनि अनुमान गर्न सकिन्छ ।
असार मसान्तको प्रभावले केहि दिन यता सेयर बजार करेक्सन आएको हो । कारोबार खुलेको ४५ मिनेटमा २१ सय बिन्दु पार गरेको बजारले अहिले फेरी २ हजारमा बन्द भएको हो ।
नेप्से ०.८० अकंले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको हो । आज कारोबार भने ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार ६ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०२ प्रतिशत, विकास बैंक समूहबाट ०.०७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७२ प्रतिशतले घटेको छ

आज सोल्टी होटलको ३३ करोड १२ लाख रुपैयाँ र हिमालयन लाइफको २४ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।
