जानकी फाइनान्सको ५८ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर सर्वसाधारणाको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनीलाई यस अघि ३५ दिने सूचना जारी गर्दा सेयर खरिद आवेदन नपरेकोले उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुको लागि बिक्रीमा ल्याएको छ । उक्त सेयरको खरिद मूल्य खुलाएको छैन् ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशन भएको मिति (असार २७) बाट सात दिन भित्र आवश्यक कागजात संकलन गरी के कति कित्ता सेयर खरिद गरी लिने हो सो को व्यहोरा खुलाई संस्थाको कम्पनी सचिवे कार्यालयमा आवेदन पेश गर्ने सकिनेछ ।