दुई दिन पछि बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक, साउनमा आउला त उछाल ? « Arthapath.com
७ असार २०८२, शनिबार

दुई दिन पछि बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक, साउनमा आउला त उछाल ?



काठमाडौं । असार मसान्तको प्रभावले दुई दिन निरन्तर घटेको बजार आज भने सुधार आएको छ । साताको चौथो कारोबारको दिन बजार दोहोरो अकंले बढेको हो ।

सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अहिले राष्ट्र बैंकले मौद्रिक नीति पनि अर्का साता भित्र ल्याउने तयारी गरी रहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर घटाउन भनेर राष्ट्र बैंकलाई दबाब दिइरहेका छन् । बैंकर्स संघले पनि साउनका लागि ब्याजदर घटाउने संकेत गरेको छ । भोलि अर्थात असार २८ गते बैंकर्स संघको बैठक बस्दैंछ । भोलिको बैठकले १ प्रतिशत ब्याज घटाउने संकेत गरेसँगै बजार सुधार तिर लम्किएको हो ।

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत कायम गरिएको प्रावधानमा राष्ट्र बैंकले खुकुलो बनायो भने बजारले लय समात्ने आंकलन भइरहेको छ ।

बजार आज २५.३१ अकंले बढेको छ । बजार सुधार आउँदा परिसूचक २१ सय बिन्दु नजिक पुगेको छ । परिसूचक २०९७.५५ बिन्दुमा बन्द भएको छ ।
आज २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार पनि ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार ११ उपसूचकमा हरियाली भएको छ । होटल तथा पर्यटन समूहको ०.८७ प्रतिशत र फाइनान्स समूहको १.९५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको ३३ करोड ९३ लाख र हिमालयन डिष्टिलरीको ९ करोड २३लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्