बुधबार शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । साताको चौथो कारोबारको दिन बजार २५ अकंले बढेको छ । बजारमा सुधार आएसगै परिसूचक २०९७ बिन्दुमा पुगेको छ ।
आज २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार पनि ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ३३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, हिमालयन डिष्टिलरीको ९ करोड २३लाख रुपैयाँ, सोल्टी होटलको ९ करोड १४लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
