नेप्सेमा सरकारको पाँच विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सरकारको पाँच विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकमार्फत् निष्कासन गरिएको २०८४‘ट’, २०८५‘ज’, २०८५‘झ’, २०८६‘ङ’ र २०८६‘च’ नामक विकास ऋणपत्र बिहिबार सूचीकृत भएको हो ।
विकास ऋणपत्र २०८४‘ट’ २० अर्ब रुपैयाँ बराबरका रहेको छ । अवधि ४ वर्ष छ भने लगानीकर्ताले ८.९ प्रतिशत व्याजदर पाउँछन् ।
विकाश ऋणपत्र २०८५‘ज’ १० अर्ब रुपैयाँ बराबरका रहेको छ । अवधि ५ वर्ष छ भने लगानीकर्ताले ८.५७ प्रतिशत व्याजदर पाउँछन् ।
त्यस्तै, विकास ऋणपत्र २०८५‘झ’ १० अर्ब रुपैयाँ बराबरको रहेको छ । ५ वर्षको अवधिमा छ भने यसमा लगानीकर्ताले ८ प्रतिशत व्याज पाउँछन् ।
६ वर्ष अवधिको २०८६‘ङ’ मा लगानीकर्ताले ६.९३ प्रतिशत ब्याजदर पाउनेछन् । जुन १० अर्ब रुपैयाँ बराबरको रहेको छ ।
२०८६‘च’ ऋणपत्रमा लगानीकर्ताले ६.३५ प्रतिशत पाउनेछन् । ६ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र हो ।