बिहिबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ? « Arthapath.com
७ असार २०८२, शनिबार

बिहिबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?



काठमाडौं । बिहिबार बजार घटेको छ । बजार १२.६२ अकंले घटेर २०८४.९३ बिन्दुमा बन्द भएको हो ।

आज २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । बजार ओरालो लाग्दा ३ अर्ब ३९ करोड ६ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयरमा लगाकर्ता झुम्मिएका छन् । कम्पनीको २३ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, सोल्टी होटलको १७ करोड ९२ लाख रुपैयाँ, हिमालयन लाइफको १६ करोड १५ लाख रुपैयाँ र नेपाल टेलिकमको ११ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्