आइएमई लाइफको आइपीओ बाँडफाँट, ९ लाख ६० हजारले पाए १०।१० कित्ता सेयर « Arthapath.com
३० असार २०८०, शनिबार

आइएमई लाइफको आइपीओ बाँडफाँट, ९ लाख ६० हजारले पाए १०।१० कित्ता सेयर



काठमाडौं । आइएमई लाइफको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आज असार ३० गते बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोला प्रथाबाट बाँडफाँट हुदाँ ९ लाख ६० हजारले १०।१० कित्ताका दरले आइपीओ पाएका छन् ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ९० हजार ७४१ जना आवेदकले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरी सकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्