चार दिन हरियाली आएको बजारमा आज सामान्य करेक्सन, पाँच उपसूचक हरियाली

काठमाडौं । साताको चारै कारोबारमा सुधार आएको बजारमा आज भने ब्रेक लागेको छ । साताको अन्तिम कारोबारको दिन बजार सामान्य अंकले घटेको हो ।
बजार निरन्तर सुधार आउँदा लगानीकर्ता नाफा बुक गर्ने लाग्दा बजारमा करेक्सन देखिएको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेसंगै अन्तर बैंक कारोबारको ब्याजदर पनि झन् झन् घट्दै गएको हो । यसले बजारलाई सकरात्मक तिर नै लैजाने एक लगानीकर्ताले बताए ।
राष्ट्र बैंकले अर्का साता मौद्रिक नीति सार्वजनिक गर्दै छ सोहि कारण पनि बजार प्रभावित बनेको हो । आज बजार १.३१अकंले घटेर २१६२.९२ बिन्दुमा बन्द भएको छ ।
आज २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार पाँच उपसूचक समूहमा भने सुधार देखिएको छ । आज बैंकिङ समूहको ०.०९ प्रतिशत, विकास बैंक समूहको ०.२६ प्रतिशत, हाइड्रोपावर समूहको ०.९४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज शिवम सिमेन्टको १४ करोड २३ लाख रुपैयाँ र सोल्टी होटलको ९ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।
