साताको बजारः बजार ७८ अकंले बढ्दा कारोबार भने करिब साढे १ अर्बले घट्यो, अबको बाटो कता ?

काठमाडौं । यो साताका लगानीकर्ताका लागि सकरात्मक नै रह्यो । गत साता दुई दिन मात्र बढेको बजार यो साता चार दिन हरियाली आएको हो । पाँच वटै कारोबार भएको बजार ७८.९७ अकंले बढेको हो । जुन गत साता भन्दा ४३.४ अकले बढि हो ।
गत साता दुइ दिन मात्र बढेको बजार ३५.५७ अकंले बढेको थियो । यो साता नेप्सेमा सुधार आएपनि कारोबार रकम भने खुम्चिएको छ । गत साता १६ अर्ब २७ करोड ८३ लाख ७७ हजार ४१४ रुपैयाँ कारोबार भएको बजारमा यो साता १४ अर्ब ८८ करोड ६५ लाख ३८ हजार ४५१ रुपैयाँ मात्र भएको हो । साताम सबैभन्दा बढी कारोबार मंगलबार भएको थियो । सो दिन कारोबार ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ भएको थियो ।
साताको पहिलो दिन २१०५ बिन्दुमा रहेको परिसूचक अन्तिम दिनसम्म आउँदा २१५२.८१ बिन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा प्रयाप्त मात्रमा लगानीयोग्य रकम भएसँगै त्यसले बजारमा सकरात्मक दिसा तिर लगेको एक लगानीकर्ताले बताए ।
अब बजारको बाटो कता ?
राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत् सेयर बजारलाई गति दिने संकेत गरेको छ । सेयर बजार र घरजग्गा कारोबारलाई थोरै टेवा दिनसके आन्तरिक अर्थतन्त्र गतिशील बन्ने अपेक्षामा केन्द्रिय बैंक पुगेको छ ।
यही कारण ब्याजदरलाई निकै तल ल्याउनेतिर नलागि स्थिर प्रकृतिका नीतिगत अनुपातहरु परिमार्जन गरेर यस्ता सट्टेबाजी बजारलाई पृष्ठपोषण गर्न खोजिएको छ । सेयर धितो कर्जालाई केही खुकुलो पारिने संकेत राष्ट्र बैंकले गरेको छ । दुई वर्षअघि राष्ट्र बैंकले अघि सारेको ‘४–१२ नीति’ भनिने व्यवस्थालाई आंशिक संशोधन गर्न राष्ट्र बैंकका अधिकारीहरु तयार देखिएका छन् । यसमा राष्ट्र बैंकले यसअघि नै लचकता देखाइसकेको थियो ।
त्यस्तै कर्जाको जोखिमभारका सन्दर्भमा पनि राष्ट्र बैंक लचक हुने देखिएको छ । अहिले व्यक्तिगत घरजग्गा र रियलस्टेट सेयर धितोकर्जासम्म् पनि १५० प्रतिशत जोखिमभार छुट्याउनु पर्ने व्यवस्था गरेको छ । यसले धेरै बैंकहरुको खर्च बढाएको छ । तर त्यसलाई पहिलेकै जस्तो १०० प्रतिशतमा झार्ने प्रयास भइरहेको छ ।
व्यक्तिगत रुपमा प्रवाह हुने मार्जिन कर्जाको सीमा हेरफेर गर्न लागेका हुन् । अहिले एक व्यक्तिले सेयर धितो कर्जामा एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोडसम्म ऋण लिन पाउँछ । देशका सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड ऋण लिन पाइने सुविधा छ । यसो हुँदा एकैजनाले १२ करोडको सीमासम्म ऋण परिचालन गर्न कम्तिमा पनि तीन वटा बैंकसँग ऋण लिनुपर्ने बाध्यता परेको छ । तर अब यो ४ करोडको सीमा हटाएर एउटै वा सबै बैंकबाट बढीमा १२ करोड ऋण लिन पाइने व्यवस्थालाई यथावन रुपमा राख्न राष्ट्र बैंकको नेतृत्व तयार देखिएको छ । यसले बजार सकरात्मक दिसा तिर लैजाने आंकलन भइरहेको छ ।
धेरै पूँजी भएका ४३ वटा सेयर दलालहरु थपिने कुरा नेपालको सेयर बजारमा ऐतिहासिक नै हो र यसबाट बजार बिकास, लगानीकर्ताले पाउने प्रतिस्पर्धी सेवा सुविधामा नयाँ आयाम थपिन छ । सात नयाँ ब्रोकरले काम समेत सुरु गरी सकेको हुदाँ पनि सेयर बजारमा यसले सुधार ल्याउने लगानीकर्ताहरुको भनाइरहेको छ ।
नेपाल स्टक एक्सचेन्जले पहिले नेप्से फिप्टी भनेकोमा अहिले नेप्से थर्टी ईन्डेक्ससहितको उपकरण चाँडै नै संचालनमा आउदैं छ । जसका लागि नेप्सेले परिक्षण गर्ने निर्णय समेत गरी सकेको छ । यसले पूँजी बजारका महत्वपूर्ण कम्पनीहरुको बर्गीकरण र कारोबारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
पूँजी बजार जोखिमको क्षेत्र भएकाले सोची विचारी, आफ्नो जोखिमबहन क्षमता, लगानी रणनीति, लगानी गरिने रकमको लागत, बजारमा हुने खेल, संभावना र चुनौैति राम्रोसँग बुझेर विवेकपूर्ण लगानी गरिएको अबस्थामा बजारबाट लाभ लिन सकिने संभावना धेरै छ ।