मौद्रिक नीतिको प्रभावः बजारमा उछाल, नेप्से परिसूचक २२२७.९१ बिन्दुमा

काठमाडौं । सेयर बजार उछाल आएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०.८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगै बजारमा उछाल आएको हो ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा दिए बापत कायम गर्नुपर्ने जोखिम भार पुनरावलोकन गर्ने भएको छ । चालु आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारको व्यवस्था परिमार्जन गर्ने जनाएको हो ।
मौद्रिक नीतिको प्रवाहसँग बजार ६३.९८ अकंले बढेर २२२७.९१ बिन्दुमा पुगेको छ । बजारमा यो समाचार तयारी पर्दा (दिउँसो १ः५७ बजे) सम्म २ अर्क ६७ करोड रुपैयाँको कारोबार भएको छ ,।