वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, आज यी २० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
६ असार २०८२, शुक्रबार

वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, आज यी २० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरीने भएपछि सेयर बजारमा रौनक आएकोछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३.२४ अकंले बढेको छ । परिसूचक २२२७.१६ बिन्दुमा बन्द भएको छ । आइतबार १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच हुदाँ कारोबार ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ पुगेको छ ।

आइतबार शिवम सिमेन्टको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको १४ करोड ८१ लाखको कारोबार भएको छ ।

साथै, ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँ, ग्लोबल आइएमई बेंकको १२ करोड ३४ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको ११ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्