लगानीकर्तालाई कन्फ्यूज बनाउदैं राष्ट्र बैंकले धितोपत्र बजारलाई निरुत्साहित गर्ने काम गर्योः राधा पोखरेल « Arthapath.com
६ असार २०८२, शुक्रबार

लगानीकर्तालाई कन्फ्यूज बनाउदैं राष्ट्र बैंकले धितोपत्र बजारलाई निरुत्साहित गर्ने काम गर्योः राधा पोखरेल



काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले लगानीकर्तालाई कन्फ्यूज बनाउदैं राष्ट्र बैंकले धितोपत्र बजारलाई निरुत्साहित गर्ने काम गरेको बताएकी छिन् ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको उनले बताइन् । मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरिएको भन्दै उनले लगानीकर्तालाई कन्फ्युज बनाउने काम राष्ट्र बैंकबाट भएको बताइन् ।

पोखरेलको भनिन, “गभर्नर महाप्रसाद अधिकारीले ज्यूले पत्रकार सम्मेलनमा बोल्दै सबै साइजका कर्जाको जोखिमभार नघट्ने बताउनु भएको छ । राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्यूज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित गरिएको छ ।”


प्रतिक्रिया दिनुहोस्