यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, हेर्नुहोस् कुनको कति कारोबार ?

काठमाडौं । बजार दोहोरो अकंले ओरालो लागेको छ । नेप्से २६.६६अकंले घटेर २२००.५० बिन्दुमा बन्द भएको हो ।
सोमबार २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ ।
नेपाल रिइन्स्योन्स कम्पनीको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको आज २५ करोड ५६ लाख रुपैयाँको कारोबार भएको हो ।
साथै, ग्लोबल आइएमई बैंकको १९ करोड १६ लाख रुपैयाँ, प्रभु बैंकको १५ करोड १९ लाख रुपैयाँ, शिवम सिमेन्टको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
