किसान लघुवित्तको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

किसान लघुवित्तको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको कारेबार भएको छ ।

आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार किसान लघुवित्त वित्तीय संस्थाको सेयरमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर प्रतिकित्ता ८७ रुपैयाँ १० पैसाले बढेर प्रतिकित्ता ९५८ रुपैयाँ ३० पैसा कायम रहेको छ ।

साथै, सिटि होटलकोे ७.७४ प्रतिशत, रिभर फल्स पावरको ६.३१ प्रतिशत, युनिलिभर नेपालको ५.९० प्रतिशत, गनपति लघुवित्तको ३.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्