मंगलबार कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि बजारमा राताम्यले निरन्तरता पाएको छ । आज बजार ३६.१९ अकंले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ ।
मंगलबार ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सोल्टी होटलको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पीको १५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, शिवम सिमेन्टको १० करोड ३९ लाख रुपैयाँ, ग्लोबल आइएमई बैको ७ करोड ८२ लाख रुपैयाँ, एभरेष्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँ र कुमारी बैंकको ७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

