ग्लोबल आइएमई बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । मौद्रिक नीति सार्वजनिक पछि तीन दिन बजार राताम्य भएको छ । आज बजार ८.११ अकंले घटेर २१५६.२० बिन्दुमा बन्द भएको हो ।
बुधबार २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २५ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ग्लोबल आइएमई बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, शिवम सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीको ८ करोड ९३ हजार र हिमालयन लाइफको ६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
