प्रतिकित्ता २६२ रुपैयाँमा नै सूर्योदय वोमी लघुवित्तको सेयर किन्ने मौका

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएके छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको ८५ हजार ९४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्युनतम मूल्य प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागि न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्ने सक्नेछन् ।
उक्त सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनी अथवा जो कोही व्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी साउन १८ गतेसम्ममा थापाथलीस्थित एनआईसी एशिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत) मा खरिद आवेदन दिन सक्नेछन् ।