आज कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन बजारमा सुधार आएको छ । केहि दिन यता निरन्तर घटेको बजार आज भने सामान्य सुधार आएको हो ।
आज २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयरको ८ करोड ८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, सोल्टी होटलको ५ करोड ४७ लाख रुपैयाँ, एशियन लाइफको ४ करोड ९१ लाख रुपैयाँ र हिमालयन लाइफको ४ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
