११६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार बजार ५ अकंले बढेको छ । बजार सामान्य सुधार आएसँगै परिसूचक २१ सय भन्दा माथि नै कायम भएको छ ।
बजारमा सुधार आए पनि कारोबार भने खुम्चियो । आज १ अर्ब ८५ करोडमा कारोबार सिमित भएको हो ।
आज ११६ कम्पनीको सेयर मूल्य घटेको छ । वीन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन् । कम्पनीको सेयर ४.३१ प्रतिशत घटेको हो ।
साथै, ग्लोबल आइएमई डिबेञ्चरको ४.३१ प्रतिशत, एशियन हाइड्रोपावरको ३.७४ प्रतिशतले सेयर मूल्य घटेको हो ।
