बुधबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

बुधबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?



काठमाडौं । बजार आज सुधार आएको छ । हिजो राताम्य भएको बजार आज भने अंकले सुधार आएको हो ।

बजार आज ९.२५ अकंले बढेर २०८६.८४ बिन्दुमा बन्द भएको छ । २६९ सूचीकृत कम्पनीको ९३ लाख ३८ हजार ७७९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ३२ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, सानिमा बैंकको ८ करोड ९० हजार रुपैयाँ, प्रोगेन्सिभ फाइनान्सको ६ करोड ९१ लाख रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको ५ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्