सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम भने घट्यो « Arthapath.com
६ असार २०८२, शुक्रबार

सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार बजार ३ अंकले मात्रै वृद्धि भएको छ ।

उक्त दिन बजार परिसुचक नेप्से २०८९.८४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह ५.९५ अंक, जीवन बीमा समूह ६३.४७ अंक, उत्पादक तथा प्रशोधन समूह १६.४१ अंक, माइक्रोफाइनान्स १०.८९, व्यापार समूह ५१.७५ अंक, अन्य समूह ८.८२ र म्यूचुअल फण्ड र लगानी समूह झिनो अंकले वृद्धि भएको छ । यस बाहेकका सबै समूहरु घटेका छन् ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि केही घटेको छ । बिहीबार १ अर्ब ७८ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर ५१ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै सेयर शिवम सिमेन्टको कारोबार भएको छ । सो दिन कम्पनीको ९ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सीईडीवी हाइड्रोपावरको ५ करोड ५४ लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, बिहीबार आईसीएफसी फाइनान्सको ५ करोड २ लाख र प्रोग्रेसिभ फाइनान्सको ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्