दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार ३ अकंले बढेर २०८९.८४ बिन्दुमा बन्द भएको हो ।

बिहीबार २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआइबिएल ग्रोथ फण्डको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को ७.८८ प्रतिशत, अभियान लघुवित्ता वित्तिय संस्थाको ७.२३ प्रतिशत, सिइडिसी हाइड्रोपावरको ६.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्