बिहीबार १४२ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बिहीबार करिब डेढ सय वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन १४२ वटा कम्पनीहरुको सेयर मूल्य घटेको हो ।
सो दिन प्रोग्रेशिभ फाइनान्सको सबैभन्दा धरैले अर्थात ५.१९ प्रतिशतले सेयर मूल्य घटेको छ । आज कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २० रुपैयाँले गुमाएका छन् ।
यस्तै, आज गणपति लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य पनि ४.१६ प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँ २० पैसाले घटेको छ ।
सो दिन कामना सेवा विकास बैंकको सेयर मूल्यमा पनि ४ प्रतिशतको गिरावट आएको छ । आज बैंकको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँले घटेर ३३६ रुपैयाँ कायम भएको छ ।
बिहीबार नेपाल इन्भेष्टमेन्ट डिवेन्चर २०८२, गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स, विन नेपाल लघुवित्त लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।