नेप्सेमा समाज लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार समाज लघुवित्त वित्तीय संस्थाको सेरय मूल्य समायोजन भएको हो ।
कम्पनीले बिहीबार सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयर मूल्य ७४ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेमा १४.२५ प्रतिशत बोनस सेयर मूल्य ससमायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ६५ रुपैयाँ ५६ पैसा रहेको हो ।
अब कमपनीको सेयर आइतबार देखि दोस्रो बजारमा कारोबार आउनेछ ।