वित्तीय रिपोर्टको प्रभावः वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

वित्तीय रिपोर्टको प्रभावः वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन नै बजार राताम्य भएको छ । आज बजार ३८.३७ अकंले घटेर २०५१.४७ बिन्दुमा बन्द भएको हो ।

आइतबार २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँको कारोबार भएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले लाभांश क्षमता बलियो बनाउदा लगानीकर्ता बैंकको सेयर किन्न झुम्मिएका छन् ।

आज सानिमा बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, एभरेष्ट बैंकको १२ करोड २१ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ८८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ८ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्