नेप्सेमा थप दुई लघुवित्तको सेयर सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा थप दुई लघुवित्तको सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई लघुवित्तको सेयर सूचीकृत भएको छ । आइतबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान विकास लघुवित्तकोे सेयर सूचीकृत भएको हो ।

कम्पनीले १:१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० को दरले कुल ३६ लाख १० हजार ४०३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ओपन रेञ्ज ७०३ रुपैयाँ ५५ पैसा रहेको छ ।

साथै, सविक साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर पछि १:०.८७ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित्त मूल्य १०० रुपैयाँको दरले १ करोड ३६ लाख ४ हजार ५६९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ओपन रेञ्ज ८ सय ४८ रुपैयाँ ३६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्