बजारमा झिनो सुधार, कारोबार रकम २ अर्ब माथि, अब लाभांश सिजनको प्रभाव कति पर्ला ? « Arthapath.com
५ असार २०८२, बिहीबार

बजारमा झिनो सुधार, कारोबार रकम २ अर्ब माथि, अब लाभांश सिजनको प्रभाव कति पर्ला ?



काठमाडौं । बुधबार उच्च सुधार देखिएको पूँजी बजारमा आज पनि सोहि निरन्तर देखिएको छ । बजार हिजो ४१ अकंले बढ्दा आज भने केहि करेक्सन भइ एकल अंकले बढेको हो ।

वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक हुदाँ यसले बजारलाई सुधारका लागि ठूलो राहत गरेको छ ।

अबको सिजन लाभांशको हो । वित्तीय अवस्था राम्रो रहेका र लाभांश क्षमता बलियो रहेका कम्पनीमा लगानी गर्ने उपयुक्त वातावरण रहेको छ । सोहि कारण पनि बजार सकरात्मक दिसा तिर लम्किने जानकारहरु बताउछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.५४ ले बढेर २०६४.४६ बिन्दुमा बन्द भएको हो । आज २६९ कम्पनीको ५४ लाख १९ हजार ६६६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १२ करोड २६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहिबार पाँच उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०१ प्रतिशत, विकास बैंक समूहको ०.२८ प्रतिशत, फाइनान्स समूहको ०.३९ प्रतिशत, लाइफ बीमा समूहको ०.०८ प्रतिशत र माइक्रोफाइनान्स समूहको ०.१५ प्रतिशतले सेयर मूल्यले घटेको छ ।

आज सोल्टी होटलको १६ करोड ९५ लाख रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ११ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्