बिहीबार यी हुन् कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बजार ५.१३ अकंले बढेको छ । बजारमा सुधार आएसँगै परिसूचक २०६६.०५ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९५४ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार अभियान लघुवित्त वित्तीय संस्थाको ९.०९ प्रतिशतले, सिंगटी हाइड्रो इनर्जिको ७.४९ प्रतिशत, श्वेत गंगा हाइड्रोपावरको ६.५५ प्रतिशत, नविल इक्वटी फण्डको ५.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज हिकालयन लघुवित्तको ६.५३ प्रतिशत, सुपर मादीहाइड्रोपावरको ५.८४ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ५.२० प्रतिशत, एशियन हाइड्रोपावरको ४.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
