दोहोरो अंकले बढ्यो सेयर बजार: कारोबार रकममा पनि बढोत्तरी, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।आज बजार अंकले १४.८१ वृद्धि भएको हो । आइतबार बजार परिसुचक १०८०.८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
सो दिन बैंकि सबइन्डेक्स १३.६१ अंक, विकास समूह २१.३० अंक, होटेल तथा पर्यटन इन्डेक्स १०७.५० अंक, जलविद्युत समूह १८.५१, जीवन बीमा समूह ५८.१३ अंक र निर्जीवन बीमा समूह २४१.५७ अंकले बढेको छ । यस बाहेकका अन्य समूह भने घटेका छन् ।
आइतबार कारोबार रकम पनि बढेको छ । आइतबार ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजार ७५४ कित्ता कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज नेपाल इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको प्रोमोटर तर्फ ५८ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
कारोबार रकमको आधारमा घोराही सिमेन्ट दोस्रो स्थानमा छ । कारोबारमा आएको पहिलो कारोबार दिनमै घोराहीको २३ करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, सोल्टी होटेलको १४ करोड ५२ लाख ९९ हजार, माउनटेन इनर्जी नेपालको ११ करोड ७३ लाख २० हजार र आइएमई लाइफ इन्स्योरेन्सको १० करोड ६१ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।