लगातार तीन दिनको उकालो यात्रामा ब्रेक, कारोबार रकम भने २ अर्ब « Arthapath.com
५ असार २०८२, बिहीबार

लगातार तीन दिनको उकालो यात्रामा ब्रेक, कारोबार रकम भने २ अर्ब



काठमाडौं । लगातार तीन दिनको उकालो यात्रामा ब्रेक लागेको छ । हिजो दोहोरो अकंले बढेको बजार आज फेरी ओरालो लागेको हो । लाभांश सिजन सुरु भइरहेको छ । अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । सोहि कारण पनि बजार सकरात्मक दिसा तिर लम्कि रहेको बेला बजार आज भने केहि सामान्य अंकले घट्न पुगेका देखिन्छ ।

बजार निरन्तर उकालो लाग्दा आज भने सामान्य करेक्सन हुनु स्वाभाविक नै रहेको जानकारहरु बताउछन् । वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक हुदाँ यसले बजारलाई सुधारका लागि ठूलो राहत हुने आंकलन गरीएको छ ।

बजार आज ३.६१ अकंले घट्न पुगेको छ । बजारमा सामान्य करेक्सन आउँदा परिसूचक २०७७.२४ बिन्दुमा बन्द भएको छ ।

सोमबार २७९ कम्पनीको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड १३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

आज ८ उपसूचक राताम्य भएका छन् । सोमबार फाइनान्स समूहको ०.३० प्रतिशत, होटल तथा पर्यटन समूहको १.५८ प्रतिशत, हाइड्रोपावर समूहको १.५९ प्रतिशत , इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज आइएमई लाइफको ११ करोड २४ लाख रुपैयाँ र सोल्टी होटलको १० करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्