बजार राताम्य, म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण, लाभांश सिजनमा किन आएन रौनक ?

काठमाडौं । हिजो सामान्य अंकले घटेको बजार आज भने भारी गिरावट आएको छ छ । लाभांश सिजन सुरु भइरहेको छ । अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । सोहि कारण पनि बजार सकरात्मक दिसा तिर लम्कि रहेको बेला बजार फेरी दुई दिन बजार ओरालो लागेको हो ।
सेयर बजार तलमाथि गरिरहने भएकाले आम लगानीकर्ताले योजनाबद्ध रुपमा लगानी गर्नका लागि अनुभवीहरुले सुझाव दिने गरेका हुन् । सबल वित्तीय सूचक भएका, लाभांश क्षमता तुलनात्मकरुपमा उच्च रहेका कम्पनीमा सकेसम्म लामो समय होल्ड गर्ने गरी रहेका छन् ।
वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक हुदाँ यसले बजारलाई सुधार तिर लैजाने आशा गरे पनि बजारमा खासै उत्साह आउन सकेको छैन ।
बजार आज ३१.८० अकंले घट्न पुगेको छ । बजार राताम्य हुदाँ परिसूचक २०४५.४४ बिन्दुमा बन्द भएको छ । मंगलबार २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १५ करोड ७३ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज म्युचुअल फण्डको सेयर मूल्य मात्र २८.९० प्रतिशतले बढेको छ । अन्य १२ कम्पनीको सेयर मूल्य भने राताम्य भएको छ ।

मंगलबार हिमालयन डिष्टीलरीको २० करोड ५५ लाख रुपैयाँ र शिवम सिमेन्टको १८ करोडको कारोबार भएको छ ।
