मंगलबार यी हुन् कमाउने र गुमाउने कम्पनीहरु « Arthapath.com
५ असार २०८२, बिहीबार

मंगलबार यी हुन् कमाउने र गुमाउने कम्पनीहरु



काठमाडौं । साताको तेस्रो कारोबारको दिन बजार दोहोरो अकंले घटेको छ । मंगलबार बजार ३१.८० अकंले घटेर २०४५.५८ बिन्दुमा बन्द भएको छ ।

आज २७८ कम्पनीको ५५ लाख ८३ हजार १६४ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १४ करोड ८५ लाख ५१ हजार ७२६ रुपैयाँको कारोबार भएको छ ।

आज इमर्जिङ्ग नेपालको ५.१८ प्रतिशत अथवा प्रतिकित्ता ५० रुपैयाँले बढेको छ । साथै, नेपाल बैंक डिबेञ्चर २०८७ को ३.८७ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ३.८५ प्रतिशत, एनआईबिएल ग्रोथ फण्डको २.५९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

साथै, आज हिमालयन डिष्टिलरी लिमिटेडको ७.६९ प्रतिशत, थ्रिस्टार हाइड्रोपावरकाको ६.९४ प्रतिशत, मोलु हाइड्रोपावरको ६.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्