हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, कति कित्ता भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो दिन बजारमा भारी गिरावट आएको छ । बजार राताम्य हुदाँ हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
आज हिमालयन डिष्टिलरीको १ लाख १ हजार २०२ कित्ता सेयर किनबेच हुदाँ २० करोड ५५ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँले घटेर २ हजार १७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, शिवम सिमेन्टको ३ लाख २५ हजार २३५ कित्ता सेयर किनबेच हुदाँ १८ करोड ५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्य २९ रुपैयाँ ७० पैसाले घटेर ५४७ रुपैयाँ ३० पैसा पुगेको छ ।
अन्य कुनको कति भयो कारोबार ?
