नेप्सेमा नेशनल लघुवित्तको सेयर सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक लघुवित्तको सेयर सूचीकृत भएको छ । मंगलबार नेशनल लघुवित्तको सेयर सूचीकृत भएको हो ।
साविक नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जर गर्दा १:०:७३ को अनुपात कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँको दरले एक करोड आठ लाख २४ हजार ६३ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयरको ओपन रेञ्च एक हजार २१५ रुपैयाँ रहेको छ । साथै, मर्जर प्रयोजनको लागि रोक्का रहेको सेयर कारोबार फुकुवा भएर भोलीबाट दोस्रो कारोबारमा आउनेछ ।
