बुधबार कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । बजार आज २०.३१ अकंले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ । बजार निरन्तर ओरालो लाग्दा ५५ अकंले घटेको छ ।
आज बजार २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ ।
आज हिमालयन डिष्टिलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ८ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, शिवम सिमेन्टको ७ करोड १४ लाख, आइएमई लाइफको ५ करोड ९६ लाख रुपैयाँ र सोल्टी होटलको ५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
