चार कम्पनीमा लगानीकर्ता झुम्मिदा कुनको कति कित्ता बिक्री भयो सेयर ? « Arthapath.com
५ असार २०८२, बिहीबार

चार कम्पनीमा लगानीकर्ता झुम्मिदा कुनको कति कित्ता बिक्री भयो सेयर ?



काठमाडौं । बिहीबार होल्टी होटेलको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त दिन होटेलको सर्वाधिक सेयर कारोबार भएको हो ।

साताको अन्तिम कारोबार दिन सोल्टीको १३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज कम्पनीको २ लाख ९५ हजार ६७७ कित्ता सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको सेयर मूल्य पनि २.२१ प्रतिशत अर्थात प्रतिकित्ता १० रुपैयाँले वृद्धि भएको छ ।योसंगै कम्पनीको सेयर मूल्य ४६३ रुपैयाँ पुगेको छ। कम्पनी बिहीबार सकरात्मक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको अधिकांश सूचकहरुमा सुधार छ । सोही कारण नै लगानीकर्ता कम्पनीको सेयरमा झुम्मिएका हुन् ।

यस्तै, कारोबार रकममा आधारमा दोस्रो स्थानमा भने आइएमई लाइफ छ । आज कम्पनीको ७ करोड ७९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आज आइएमई लाइफको १ लाख ३३ हजार २०३ कित्ता सेयर खरिदबिक्री भएको छ। बिहीबार कम्पनीको सेयर मूल्य भने सामान्य वृद्धि भएको छ । आज प्रतिकित्ता ६ रुपैयाँ २० पैसाले बढेर ५८३ रुपैयाँ पुगेको छ ।

त्यसैगरि आज घोराही सिमेन्टेको पनि ५ करोड १६ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको १ लाख २ हजार ८७ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५०७ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज शिवम सिमेन्टको ४ करोड ४२ लाख १६ हजार रुपैयाँ बराबको सेयर किनबेच भएको छ । शिवमको बिहीबार ८२ हजार ११६ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य भने ५३६ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्