सूचीकृत ७ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड « Arthapath.com
५ असार २०८२, बिहीबार

सूचीकृत ७ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार यस्तो देखाएको हो ।

आर्थिक वर्ष २०७९÷८० मा १ खर्ब ७९ अर्ब ८८ करोड बराबरको साधारण सेयर, १ खर्ब ५ अर्ब बराबरको विकास ऋणपत्र, ४० अर्ब ५९ करोड बराबरको बोनस सेयर, ३५ अर्ब ५९ करोड बराबरको डिबेन्चर, ७ अर्ब १४ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब १३ करोड बराबरको हकप्रद सेयर र ३ करोड ७९ लाख बराबर एफपिओ गरी कुल ३७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड बराबरको साधारण शेयर, १६ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.१५ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर र ११ अर्ब ६० करोड बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्