साताको सुरुवात मै बजार राताम्य, कारोबार खुम्चिदैं १ अर्ब ४४ करोडमा सिमित « Arthapath.com
५ असार २०८२, बिहीबार

साताको सुरुवात मै बजार राताम्य, कारोबार खुम्चिदैं १ अर्ब ४४ करोडमा सिमित



काठमाडौं । गत साताको अन्तिम कारोबारको दिन सुधार देखिएको बजार यो साताको सुरुवात मै राताम्य भएको छ । लाभांश सिजन सुरु हुदाँ समेत बजारमा रौनक आउन सकेको छ ।

अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । सोहि कारण पनि बजार सकरात्मक दिसा तिर लम्कि रहेको जानकारहरुको भनाइ रहेको छ । सबल वित्तीय सूचक भएका, लाभांश क्षमता तुलनात्मकरुपमा उच्च रहेका कम्पनीमा सकेसम्म लामो समय होल्ड गर्ने गरी रहेका छन् ।

बजार घट्दा कम्पनीको सेयर मूल्य समेत निकै सस्तो बन्दै आएको अवस्था छ । लगानीकर्ताले अर्बौ रकम गुमाइ रहेका छन् ।

बजार २१.९९ अकंले घटेर २०११.१४ बिन्दुमा पुगेको छ । आज ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ७४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२८ प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको ०.६४ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज आइएमई लाइफको ६ करोड ६३ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ४ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्