कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । बिहिबार समालिन खोजेको बजार फेरी आइतबार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा कारोबार रमक समेत खुम्चिदैं आएको छ ।
कारोबार रकम निरन्तर खुम्चिदैं १ अर्ब ४४ करोडमा पुगेको छ । कम्पनीको सेयर मूल्य समेत सस्तो बन्दै आएको छ ।
आइतबार आइएमई लाइफको सेयर सबैभन्दा बढी किनबेच भएको छ । कम्पनीको आज ६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, हिमालयन डिष्डिलरीको ४ करोड ६३ लाख रुपैयाँ, ज्योति विकास बैकको ४ करोड ५२ लाख रुपैयाँ र सोल्टी होटलको ४ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
