दुई दिनको राताम्य पछि बजार दोहोरो अकंले बढ्यो, १३ उपसूचक हरियाली, कारोबार भने खुम्चियो « Arthapath.com
५ असार २०८२, बिहीबार

दुई दिनको राताम्य पछि बजार दोहोरो अकंले बढ्यो, १३ उपसूचक हरियाली, कारोबार भने खुम्चियो



काठमाडौं । दुई दिन राताम्य भएको बजार आज सुधार आएको छ । बजारमा सुधार देखिए पनि कारोबार रकम भने खुम्चिएको छ । बजार पनि आज अन्तिम तिर बढ्न पुगेको हो ।

अब लाभांश सिजन सुरु भइरहेको छ । राम्रो कम्पनीको लाभांश खान समेत लगानीकर्ताले सेयर किनि सकेको अवस्था छ । अब बिस्तार बजार सुधार तिर जाने आंकलन जानकारहरुको रहेकोछ ।

बजार आज १७.६९ अंकले घटेर २०१५.९८ बिन्दुमा बन्द भएको छ । मंगलबार ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

बजारमा आज १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.३७ प्रतिशत, विकास बैंक समूहको १.१४ प्रतिशत, फाइनान्स समूहको २.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२६ प्रतिशतगरी १३ वटै सूचकमा हरियाली आएको छ ।

कुमारी बैंकको संस्थापक सेयरको २८ करोड ५९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्