बजारमा ओरालो यात्राले पायो निरन्तरता, कारोबार खुम्चिदैं १ अर्ब २६ करोडमा सिमित

काठमाडौं । गत साताको अन्तिम कारोबारको दिन राताम्य भएको बजार फेरी आजपनि सोहि निरन्तरता पाएको छ । बजार आज राताम्य भएको छ ।
अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । फण्डहरुले लाभांश प्रस्ताव गरी रहेका छन् । लगानीकर्ताका कम्पनीको लाभांश कुरेर बसेका जानकारहरु बताउछन् । सोहि कारण पनि बजार सकरात्मक दिसा तिर लम्किन सकेको छैन । सबल वित्तीय सूचक भएका, लाभांश क्षमता तुलनात्मकरुपमा उच्च रहेका कम्पनीमा सकेसम्म लामो समय होल्ड गर्ने गरी रहेका छन् ।
बजार २०.५४ अकंले घटेर १९९३.३८ बिन्दुमा बन्द भएको छ । आज ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेच हुदाँ कारोबार खुम्चिदैं १ अर्ब २६ करोड २७ लाख ६७ हजार रुपयाँमा पुगेको छ ।
आइतबार म्युचुअल फण्ड समूहको सेयर मूल्य मात्र सुधार आएको छ । कम्पनीको सेयर मूल्य ०.२४ प्रतिशतले बढेको छ । साथै, अन्य १२ समूहको सेयर मूल्य घटेकोछ । आज बैंकिङ समूहको ०.८१ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको १.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज एशियन लाइफको ७ करोड ४६ लाख रुपैयाँ र आइएमई लाइफको ५ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
