बजारले फेरी ओरालो यात्रा तय, कारोबार खुम्चिदैं ८६ करोडमा सिमित « Arthapath.com
५ असार २०८२, बिहीबार

बजारले फेरी ओरालो यात्रा तय, कारोबार खुम्चिदैं ८६ करोडमा सिमित



काठमाडौं । बजार फेरी ओरालो लागेको छ । हिजो सामान्य अंकले बढेको बजार आज फेरी ओरालो लागेको हो ।

बजार केहि साता यता निरन्तर ओरालो यात्रा तय गरेको देखिन्छ । बजार ओरालो लाग्दा कम्पनीको सेयर मुल्य पनि सस्तो बन्दै आइरहेको छ । पछिल्लो केहि दिन यता कारोबार रकम समेत खुम्चिदैं गएको छ ।

अब लाभांश सिजन सुरु हुदैंछ । लाभांश सिजन मै बजारमा आएको निराशाले लगानीकर्ताको अर्बौ रकम गुमि सकेको छ ।

बजार आज ५.०५ अकंले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच हुदाँ ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ९ उपसूचक राताम्य भएको छन् । आज इन्भेष्टमेन्ट समूहको ०.१२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०५ प्रतिशत र ब्यापार समूहको ०.०२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज माछापुच्छ«े बैंकको ३ करोड ६२ लाख रुपैयाँ, आइएमई लाइफको ३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्