तीन दिनको ओरालो यात्रामा लाग्यो ब्रेक, कारोबार भने १ अर्ब मै सिमित

काठमाडौं । तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । लगातार तीन दिन राताम्य भएको बजार यो साताको दोस्रो कारोबारको दिन सामान्य सुधार आएको हो ।
लाभांश सिजन चलि रहेको छ । हालसम्म १६ कम्पनीहरुले नाफा घोषणा समेत गरी सकेका छन् । लाभांश पर्खाएर बसेका लगानीकर्ता अब बजार बिस्तार सुधार तिर जाने संकेत गरी रहेका छन् । बजार बढाउन लगानीकर्ताको मनोबलले समेत ठुलो भुमिका खेल्छ । लगानीकर्ताको मनोबल अब सकरात्मक हुदै गएको हुदाँ बजारले गति लिन केहि जानकारहरुको भनाइ छ ।
बजार आज ७.०४ अकंले बढेर १९६७.८३ बिन्दुमा बन्द भएको छ । सोमबार २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
सोमबार १२ उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको सेयर मूल्य मात्र ०.०२ प्रतिशतले घटेको हो । अन्य १२ उपसूचकमा भने सुधार देखिएको छ ।

आज आइएमई लाइफको ५ करोड २८ लाख रुपैयाँ र शिवम सिमेन्टको ४ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
