एक दिन पनि टिकेन लगानीकर्ताको खुसी, कारोबार साढे ७८ करोडमा खुम्चियो « Arthapath.com
५ असार २०८२, बिहीबार

एक दिन पनि टिकेन लगानीकर्ताको खुसी, कारोबार साढे ७८ करोडमा खुम्चियो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन बजार फेरी ओरालो लागेको छ । सोमबार सामान्य सुधार आएको बजारले फेरी ओरालो यात्रा तय गरेको हो ।

लाभांश सिजन चलि रहेको छ । हालसम्म १६ कम्पनीहरुले नाफा घोषणा समेत गरी सकेका छन् । लाभांश पर्खाएर बसेका लगानीकर्ता अब बजार बिस्तार सुधार तिर जाने संकेत गरी रहेका छन् । तर बजार सुधार तिर जान सकेको छैन । बजार बढाउन लगानीकर्ताको मनोबलले समेत ठुलो भुमिका खेल्छ । लगानीकर्ताको अझै उच्च बन्न सकेको छैन ।

बजार आज ६.४५ अकंले घटेर १९.६१ बिन्दुमा बन्द भएको छ । मंगलबार २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेच हुदाँ ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । सोमबार भने बजार आज ७.०४ अकंले बढेर १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।

आज ११ उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको ०.२३ प्रतिशत, विकास बैंक समूहको ०.११ प्रतिशत र फाइनान्स समूहको ०.७६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोड ५८ लाख रुपैयाँ र साल्ट ट्रेडिङको २ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्