बजार दोहोरो अकंको बढ्यो, १२ उपसूचकमा हरियाली, कारोबार कति ?

काठमाडौं । दुई दिन राताम्य भएको बजार आज भने सुधार आएको छ । साताको पहिलो कारोबारको दिन सेयर बजारमा सुधार आएको हो ।
लाभांश सिजन सुरु भइरहेको बेला बजारमा सुधार आएको हो । अधिकांश म्युचुअल फण्डहरुले लाभांश घोषणा गरी रहेका छन् । बैंक तथा वित्तीय संस्थाको लाभांश पनि अब बिस्तारै वितरण सुरु हुनेछ । सोहि कारण बजारमा सकरात्मक दिसा तिर गएको हो । अहिले साना र ठूला सबैथरिका लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा देखिएका छन् ।
बैंकहरुले सेयर कर्जा दिए पनि औसतमा हेर्दा ब्याजदर महँगो देखिन्छ । ब्याजदर महँगो हुँदासम्म कर्जा लिएर सेयर खरिद गर्नेहरु उत्साहित हुन भने सकेका छैनन् ।
बजार आज १०.२३ अकंले बढेर १९४२.६८ बिन्दुमा बन्द भएको छ । आइतबार २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार हाइड्रोपावर समूहको सेयर ०.१४ प्रतिशतले घटेको छ । अन्य १२ उपसूचकमा भने सुधार देखिएको छ ।

आज हिमाल दोलाखा हाइड्रोपावरको ८ करोड ५६ लाख र माछापुछे« बैंकको ४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
