एक कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
५ असार २०८२, बिहीबार

एक कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार घटेको छ । बजार दोहोरो अकंले ओरालो लागेको हो ।

बजार आज १९.४२ अकंले घटेर १९६७.५७ बिन्दुमा बन्द भएको छ । मंगलबार २७६ कम्पनीको ३८ लाख ९१ हजार ७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १२ करोड ३२ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शुभम पावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ७४ रुपैयाँले बढेर ८१४ रुपैयाँ ६० पैसा पुगेको छ ।

साथै, समलिङ्ग पावरको ७.५७ प्रतिशत, अप्पर स्याङे हाइड्रोपावरो ६.७६ प्रतिशत र अरुण काबेली पावरको ४.२२ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्