नेप्सेमा रिलायबल नेपाल लाइफको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायबल नेपाल लाइफको आइपीओ सूचीकृत भएको छ । कम्पनीको ४ करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको १ करोड २० लाख कित्ता र कम्पनीले संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड ८० लाख कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको सिम्बोल आरएनएलआइ रहेको छ ।
नेप्सेले कम्पनीको आइपीओको ओपन रेञ्ज न्यूनतम १६२ रुपैयाँ २९ पैसा देखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसा रहेको छ ।
