फेरी उचालियो सेयर बजार, परिसूचक २ हजार बिन्दुमा, कहिलेसम्म रहला कायम ?

कामठाडौं । फेरी बजार उचालिएको छ । हिजो राताम्य भएको बजार आज भने सुधार आएको हो । अहिले केहि वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने अन्तिम तयारी गरेका छन् । यहि साता भित्र बैंकहरुले लाभांश घोषणा गर्ने तयारी गरी रहदा लगानीकर्ताले लाभांशले लोभिएको पनि आंकलन गर्ने थालिएको छ ।
सेयर बजार उचालिनुमा माफियाहरुको चलखेल रहेको जानकारहरुका तर्क छन् । अब दशै नजिकिदै गर्दा ठूला लगानीकर्ताहरुले आफ्नो सेयर बिगाउन यस्तो खेल खेलेको हुन सक्ने आकंलन गर्दछन् । बैंक तथा वित्तीय संस्थाहरुको लाभांशले पनि सेयर बजार सुधार तिर जान एक लगानीकर्ताले बताए ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डको समेत अभिभावकिय भुमिका नभएको लगानीकर्ताको आरोप रहदै आएको छ । राष्ट्र बैंक र सरकारका केहि नीतिगत अवरोधका कारण बजार प्रभावित हुँदै आएको छ । जोखिमभार बढी हुँदा बैंकहरुको ध्यान सेयर कर्जा प्रवाह गर्नतर्फ आकर्षित गर्न सकिंदैन । यस्तो कर्जामा ब्याजदर पनि महँगो पर्न जान्छ । त्यस कारण जोखिम भार घट्नु पर्ने लगानीकर्ताको माग रहेको छ । सो कारण पनि केहि दिन बजार निरन्तर घटि रहेको थियो ।
बजार सुधारमा ल्याउनको लागि प्रमुख दायित्व लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामकले लगानीकर्ताको मनोबल उच्च बनाउन कुनै कदम समेत चालेको पाइदैन । केहि लगानीकर्तालाई असर गर्ने नीतिहरुमा नियामकले तत्काल मनोबल उच्च बनाउने कदम अगाडि नबढाउने हो भने बजारमा अर्बो रकम गुुम्ने खतरा भएको जानकारहरु बताउछन् ।
आज बजार ३९.४८ अकंले बढेर२००७.०६ बिन्दुमा बन्द भएको छ । बुधबार २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १३ उपसूचक नै हरियाली भएका छन् । बुधबार बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको २.८८ प्रतिशत र फाइनान्स समूहको ३.२० प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज एनआइसी एशिया बैंकको ७ करोड ९३ लाख रुपैयाँ र सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।
