लगानीकर्ताको विरोध बजार घटबढमा नभइ नीतिगत अस्थिरतामा होः अम्बिका प्रसाद पौडेल

काठमाडौं । पुँजीबजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले लगानीकर्ताको विरोध बजार घटबढमा नभइ नीतिगत अस्थिरतामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दीमा पूँजीबजारः सम्भावना र चुनौती सम्वन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
केहि ब्यक्तिले पुँजी बजार घट्नु हुँदैन भन्ने कुरा राख्नु ज्ञानको अभाव रहेको पौडेलले बताए । “बजार घटबढ हुनु सामान्य विषय हो जब नीतिगत अस्थिरताले बजार घटबढ हुन्छ भने लगानीकर्ताको विरोध त्यसमा हुन्छ” उनले भने ।
१२ करोडको सीमा व्यक्तिगत लगानीकर्ताको लागि कम नभएपनि संस्थागत लगानीकर्ताको लागि कम रहेको उनले भनाइ रहेको थियो । उनले भने, “संस्थागत लगानीकर्तालाई आयपीओ र नेटवर्थ नकारात्मक भएका कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिदा बजार ओरालो लाग्यो”